close

नागार्जुनका स्थानीयलाई निःशुल्क रगत

नागार्जुनका स्थानीयलाई निःशुल्क रगत

Trulli
ADVERTISEMENT

काठमाडौं– नागार्जुन  नगरपालिकाका स्थानीयवासीले बिरामी हुँदा आवश्यक पर्ने रगत निःशुल्क पाउने भएका छन् । पालिकवासीले नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवा कालिमाटीबाट रगत र रक्ततत्व लैजानु परे सेवा शुल्क तिर्नु नपर्ने भएको हो ।

साे सेवाको शुल्क विसं २०८१ मङ्सिरसम्मका लागि नगरपालिकाले व्यहोर्ने गरी केन्द्रीय रक्तसञ्चार सेवा र नगरपालिकाबीच सम्झौता भएको छ । साथै नगरपालिका र वडा कार्यालयले रक्तदान शिविर आयोजना गर्न प्रेरित र रेडक्रसलाई सहजीकरण पनि गर्ने छन् । 

सम्झौतामा नगरको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत  सुमन अधिकारी र रक्तसेवाको तर्फबाट निर्देशक पवनकुमार गुप्ताले हस्ताक्षर गरेका हुन्।

भक्तपुरका सबै नगरपालिका र काठमाडौँमा महानगरपालिका, चन्द्रागिरि नगरपालिका, कीर्तिपुर नगरपालिका लगायत अन्य पालिकासँग पनि जनतालाई  सुलभ रगतका लागि सम्झौता सम्पन्न  भइसकेको छ ।   बाँकी  सबै स्थानीय तहमा सहकार्य गर्न प्रयत्न भइरहेको नेपाल रेडक्रस सोसाइटीको समन्वय निर्देशक दिव्यराज पौडेलले जानकारी दिए ।