close

मन्थलीमा बुधबार अत्यावश्यक सेवा मात्रै​​​​​​​ हुने

मन्थलीमा बुधबार अत्यावश्यक सेवा मात्रै​​​​​​​ हुने

Trulli
ADVERTISEMENT

रामेछाप– मन्थली नगरपालिकाले भाेलि  अत्यावश्यक सेवा मात्रै सञ्चालन गर्ने भएकाे छ । नगरपालिकाले भाेलि बुधबार १४ औँ नगरसभा हुने भएकोले  अत्यावश्यक सेवा मात्रै सञ्चालन गर्ने जनाएकाे छ ।

बुधबार अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गरिने नगरपालिकाले एक सूचनामार्फत जानकारी दिएकाे छ । नगरपालिकाको नगरसभाको १४ औँ अधिवेशन हुने भएकोले कार्यपालिकाको कार्यालय र अन्तर्गतका वडा कार्यालय बन्द हुने सूचनामा उल्लेख छ ।

उक्त दिन कार्यालयबाट प्रवाह हुने अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द हुने नगरपालिकाले जनाएको छ ।