close

थाहाको सेवा पाउन अनिवार्य भौतिक संरचनाको अभिलेखीकरण

थाहाको सेवा पाउन अनिवार्य भौतिक संरचनाको अभिलेखीकरण

Trulli
ADVERTISEMENT

मकवानपुर- थाहा नगरपालिकाले भौतिक संरचनाको अभिलेखीकरण नगर्ने नागरिकलाई सार्वजनिक सेवाबाट वञ्चित गराउने भएको छ । 

नगरपालिकाको गत २२ गते बसेको नगर कार्यपालिकाको बैठकले चालु आर्थिक वर्षभित्रै आफनो भौतिक संरचनाको अभिलेखीकरण नगर्ने नगरवासीलाई नगर र वडा कार्यालयबाट प्रदान गरिने सेवा सुविधाबाट वञ्चित गर्ने निर्णय गरेको हो ।

‘म्याद नाघेर आएका निवेदनहरु दर्ता नहुने साथै भवन निर्माण सम्पन्न भएर अभिलेखीकरण गर्न नआएमा नगरपालिका तथा वडा कार्यालयमार्फत प्रदान गरिने सम्पूर्ण सेवाबाट वञ्चित हुने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।’ नगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ ।

नगरपालिकाका अनुसार नक्सा पास नगरि बनाइएका आवासीय, व्यापारीक, औधोगिक, संस्थागत तथा अन्य भौतिक संरचनाहरु चालु आर्थिक वर्षभित्रै अभिलेखिकरण गर्नुपर्ने छ । सार्वजनिक जग्गा, नदी, खोला, राजकुलो, सडक मापदण्ड र राजमार्ग क्षेत्राधिकारभित्र निर्मित संरचनाहरु भने अभिलेखिकरण हुने छैनन । 

सार्वजनिक सूचना अनुसार नगरपालिकाले तोकेका यी मापदण्डभित्र आफ्नो नाममा घरलगायतका संरचना छैन भने तपाईले नगर र वडा कार्यालयबाट सेवा सुविधा पाउनै छैन । भौतिक संरचना अभिलेखिकरणका लागि तपाईको संरचना निर्मित जग्गाको लालपुर्जा हुनुपर्छ । यसका साथै नक्सा पास किताब, नागरिकताको प्रतिलिपि, सक्कल नक्सा, चार किल्ला प्रमाणितलगायतका कागजात बुझाउनुपर्छ ।