close

गाउँपालिकाको कर्मचारी वडा वडामा पुगेपछि...

गाउँपालिकाको कर्मचारी वडा वडामा पुगेपछि...

Trulli
ADVERTISEMENT

ताप्लेजुङ - पाथीभरा याङवरक गाउँपालिकाले वडा वडामा पुगेर घुम्ती शिविर सञ्चालन गरेको छ । गाउँपालिकाको सेवा प्रवाहलाई सहज बनाउनका लागि गाउँपालिकाले सो शिविर सञ्चालन गरेको हो । 

गाउँपालिकाको अध्यक्ष केशबकुमार सुब्बाका अनुसार पालिकाको कार्यपालिका भवन वडाबाट टाढा भएकाले स्थानीय बासिन्दालाई सुविधा दिनको लागि घुम्ती शिविर सञ्चालन गरेको हो । उनले पालिकाभित्रका ६ मध्ये ५ वटा वडा कार्यालयमा शिविर सञ्चालन गरेको उनले पालिकाखबरलाई बताए । वडा नम्बर २ गाउँपालिकाको सदरमुकाम भएकाले सो क्षेत्रमा शिविर सञ्चालन नगरेको उनले सुनाए । 

शिविरमा जेष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता वितरण, अपांगता भएका व्यक्तिहरुको परिचयपत्र वितरण, ८० वर्षभन्दामाथिका जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण, व्यवसाय दर्ता तथा नविकरण, योजना सम्झौता र ६० वर्षभन्दा माथिका जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरेको हो । 

वडाबाट बैंक टाढा भएको र जेष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ताको लागि प्रतिनिधिको रुपमा छोरा, बुहारी र नातीलाई पठाउने गरेको उनले सुनाए । तर प्रतिनिधिले जेष्ठ नागरिकको रकम मनपरी खर्च गर्ने गरेको गुनासो बढेकाले सो शिविर सञ्चालन गरेको उनको भनाइ छ । शिविरका लागि गाउँपालिकाको कर्मचारी, बैंकका कर्मचारी, प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्यकर्मीसमेत लगेको उनले बताए ।