close

धनगढी उपमहानगरद्वारा मालपोत कार्यालयमा सोलार जडान

धनगढी उपमहानगरद्वारा मालपोत कार्यालयमा सोलार जडान

Trulli
ADVERTISEMENT

कैलाली– धनगढी उपमहानगरपालिकाले धनगढीको मालपोत कार्यालयमा सोलार पावर जडान गरेको छ । उपमहानगरपालिकाले ९ लाख ९८ हजार रुपंयाँको लागतमा बिहिबार सोलार पावर जडान गरेको हो ।

विद्युतको समस्या हुँदा मालपोत सेवा लिन कैलालीका सबै स्थानीय तहका सेवाग्राहीलाई ३/४ दिनसम्म कुर्नुपर्ने समस्या थियो ।  सोलार पावर जडानसंगै मालपोत कार्यालयबाट दिने सेवा ठप्प रहने अवस्थाको अन्त्य हुने उपमहानगरले जनाएको छ ।