close

अपाङगता भएका व्यक्तिलाई सहायता सामाग्री वितरण

अपाङगता भएका व्यक्तिलाई सहायता सामाग्री वितरण

Trulli
ADVERTISEMENT

रुपन्देही - सियारी गाउँपालिकाले अपाङगता भएका व्यक्तिलाई सहायता सामाग्री वितरण गरेको छ ।  गाउँपालिकाले अपाङगता भएका ११ जना व्यक्तिलाई सहायता सामाग्री वितरण गरेको हो ।

पालिकामा आएका १४ जनाको निवेदनमध्ये ११ जनालाई ट्राई साईकल, ह्वील चियर र बैसाखी वितरण गरेको जनाइएकाे छ ।बाँकी रहेका तीन जना उपस्थित नभएका कारण प्रदान नगरिएको र आवश्यकता आधारमा पछि प्रदान गरिने पालिकाका  अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए । 

गाउँपालिकाले आर्थिक र शारीरिक अवस्था कमजोर भएका व्यक्तिहरु सहजरुपमा हिडडुल गर्न पाउन भन्ने उद्धेश्यले सहायता सामाग्री प्रदान गरिएको उनकाे भनाइ छ । गाउँपालिकाले महिला बिकास शाखा मार्फत ९ वटा ट्राई साईकल र १/१ वटा ह्वील चेयर र बैशाखी प्रदान गरेको हो । 

गाउँपालिका अध्यक्ष घिमिरेसहित उपाध्यक्ष तारा थारु, प्रमुख प्रशासकीय अधिकृत ऋषिराम पन्थीले सहायता सामाग्री वितरण गरेका हुन् ।पालिकाले गत बर्षमा पनि अपाङगता भएका व्यक्तिलाई सहायता सामाग्री वापत ७ वटा ह्वील चियर र एउटा बैशाखी वितरण गरिएको महिला विकास शाखा ईन्चार्ज लक्ष्मी कार्कीले जानकारी दिइन् ।