close

भोलि सप्तरीका दुई पालिकामा बिदा

भोलि सप्तरीका दुई पालिकामा बिदा

Trulli
ADVERTISEMENT

सप्तरी - पौष शुक्ल पूर्णिमाको अवसरमा बिहीबार दुई वटा स्थानीय तहले सार्वजनिक विदा दिएको छ । पौष शुक्ल पूर्णिमाको अवसरमा कञ्चनरुप नगरपालिका र राजविराज नगरपालिकाले भोलि स्थानीय पर्व विदा दिएको हो । 

दुबै पालिकाले बुधबार सूचना जारी गर्दै स्थानीय पर्व विदा दिएको जनाएको हो । पूर्णिमाको दिन स्थानीय क्षेत्रमा मेला लाग्ने भएकाले विदा दिएको सूचनामा उल्लेख गरिएको छ । 

सो दिन पालिकाअन्तर्गतका वडा कार्यालय, स्वास्थ्य चौकी, शैक्षिक संस्था बन्द रहने जनाइएको छ ।