close

वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्दै रामप्रसादराई

वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्दै रामप्रसादराई

Trulli
ADVERTISEMENT

भोजपुर - रामप्रसादराई गाउँपालिकाले वडाबाटै सामाजिक सुरक्षा वितरण गर्न थालेको छ । गाउँपालिकाले आइतबारदेखि वडा नम्बर ८ बाट सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको हो । 

गाउँपालिकाको अध्यक्ष थामबहादुर राईका अनुसार कार्यक्रम आगामी २१ गतेसम्म सञ्चालन हुनेछ । गाउँपालिका भौगोलिक रुपमा विकट भएकाले वडामार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरेको उनले बताए । 'गाउँ कार्यपालिका भवनमा आइपुग्न एकदेखि दुई दिनसम्म लाग्छ,' उनले भने, 'पालिकामा आउजाउ गर्न समस्या हुने भएकाले वडामार्फत सेवा दिएको हो ।'

गाउँपालिकाले २०७९ सालबाट नै सो कार्यक्रम सुरु भएको उनले पालिकाखबरलाई सुनाए । पालिकाभित्रका ज्येष्ठ नागरिक, एकल महिला तथा शारीरिक रुपमा अशक्त भएको व्यतिmलाई भत्ता वितरण गरेको उनले जानकारी दिए । 

गाउँपालिकाले वडामै पञ्जिकरण शाखाका कर्मचारी, सुरक्षाकर्मी, बैंकको कर्मचारी तथा जनप्रतिनिधि गएर भत्ता वितरण गरेको उनले सुनाए । साथै स्वास्थ्य शिविरसमेत सञ्चालन गरेको उनको भनाइ छ । 

गाउँपालिकाले स्थानीय बासिन्दाको प्रेसर, रुघाखोकी तथा सामान्य परिक्षण गरेको उनले जानकारी दिए । स्वास्थ्य परिक्षणसँगै स्वास्थ्य चौकीबाट निःशुल्क प्रदान हुने औषधी वितरण गरेको उनको भनाइ छ ।