close

शुक्रबार पनि किन भएन विष्णुपुरको गाउँसभा

शुक्रबार पनि किन भएन विष्णुपुरको गाउँसभा

Trulli
ADVERTISEMENT

सिरहा - राजनीतिक चपेटाका कारण विष्णुपुर गाउँपालिकाको गाउँसभा शुक्रबार पनि सम्पन्न हुन सकेन । चालु आर्थिक वर्ष २०८०/०८१ को सात महिने कार्यकाल सकिँदा पनि सबै योजना ठप्प भएपछि शुक्रबार १२ औँ गाउसभा आयोजना गरेको थियो । 

तर आयोजित गाउँसभामा बहुमत सदस्य उपस्थित हुन नसकेकाले सभा नै हुन सकेन । तर गाउँ अधिवेशन सुरु भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उज्वल आनन्दले बताए । 

उनका अनुसार गाउँसभा सम्पन्न हुनका लागि १९ जना कार्यपालिका सदस्यको उपस्थित हुनुपर्छ । 'तर शुक्रबार आयोजित गाउँसभामा १८ जना सदस्य मात्रै उपस्थित हुनुभयो,' उनले भने, 'एक जना सदस्य मात्रै बढ्नु भएको भए गाउँसभा सम्पन्न हुन्थ्यो ।'

कार्यपालिका सदस्यको उपस्थित कम भएपछि गाउँसभा सभाध्यक्ष तथा पालिकाका कार्यवाहक अध्यक्ष रेणुकुमारी यादवले स्थगित गरेको उनले सुनाए  । तर आगामी अधिवेशन कहिले सञ्चालन गर्ने भन्नेबारे जानकारी नभएकाले उनको भनाइ छ । 

'आजबाट १२ औँ अधिवेशन त सुरु भयो । अब स्थगित अधिवेशन कहिले गर्ने भन्ने टुंगो लागेको छैन,' उनले भने, 'बैठक बसेपछि मिति पनि टुंगो लाग्छ ।'

करिब सात महिनादेखि गाउँपालिकामा कुनै कार्यक्रम तथा सेवा सञ्चालन हुन सकेको छैन । गाउँपालिकाका कर्मचारीले समेत तलब पाउन सकेका छैनन् । सबै बाधा फुकाउ गर्नको लागि आफूले कोसिस गर्दै आएको उनले सुनाए । 

शुक्रबारको गाउँसभाबाट चालु आवको नीति तथा कार्यक्रम पारित गर्ने योजना रहेको उनले बताए । गाउँपालिकामा नेपाली काँग्रेस र जनता समाजवादी पार्टीबाट निर्वाचित भएका छन् ।