close

माघको चिसोमा थर्मस पाएपछि ज्येष्ठ नागरिकहरू हर्षित

माघको चिसोमा थर्मस पाएपछि ज्येष्ठ नागरिकहरू हर्षित

Trulli
ADVERTISEMENT

दोलखा- मेलुङ गाउँपालिकाले गाउँलपलिकाभरिका ५४८ वृद्धवृद्धालाई पानी तताउने क्यान र थर्मस वितरण गरेको छ । 

ज्येष्ठ नागरिकहरुलाई तातो पानी तताउने क्यान र लामो समय तातो राखेर खान राख्न मिलोस् भनी गाउँपालिकाले क्यान र थर्मस वितरण गरिएको गाउँपालिका अध्यक्ष हिरा कुमार तामाङले बताए । चिसोबाट बच्न र स्वास्थ्यको ख्याल गर्न सहयोग मिलोस भन्दै उनीहरूको सारथी बनेको गाउँपालिका अध्यक्ष तामाङको भनाइ छ । 

मेलुङ गाउँपालिका-१ पवटीका ११७ जना ज्येष्ठ नागरिकलाई सो सामग्री वितरण गरिएको सहायक महिला विकास निरिक्षक सृजना बुढाथोकीले बताइन् । उनका अनुसार वडा नम्बर-२ का ५६ जना, वडा नम्बर-३ का ५३ जना, वडा नम्बर-४ का १२४ जना, वडा नम्बर-५ का ४० जना, वडा नम्बर-२ का ८१ जना र वडा नम्बर-७ का ७७ जना गरी पालिकाभर ५४८ जनालाई वितरण गरिएको हो । 

गाउँपालिकाका अनुसार ८० वर्ष उमेर नाघेका ज्येष्ठ नागरिकहरुलाई मात्र वितरण गरिएको हो । साथै अपाङ्गता भएकाहरूलाई सहायता सामग्री पनि वितरण गरिएको गाउँपालिकाले जनाएको छ । गत वर्ष पनि पालिकाले ज्येष्ठ नागरिकहरुलाई सिरक लगायतका न्यानो कपडा वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।