close

१० दिने शिविरबाट ६७३ जना लाभान्वित

१० दिने शिविरबाट ६७३ जना लाभान्वित

Trulli
ADVERTISEMENT

धनकुटा - सहिदभूमी गाउँपालिकाले घुम्ती शिविरमार्फत करिब ६५० जना स्थानीय बासिन्दालाई सेवा दिएको छ । गाउँपालिकाले दश दिन आयोजना गरेको कार्यक्रमबाट ६७३ जना स्थानीय बासिन्दालाई सेवा दिएको हो । 

गाउँपालिकाले माघ ८ गतेदेखि १८ गतेसम्म घुम्ती शिविर सञ्चालन गरेको प्रमुख प्रशासकीय अधिकृत नविन कार्कीलाई जनाएका छन् । गाउँपालिकाले सबै वडामा स्वास्थ्य परिक्षण तथा अपांगता परिचयपत्र वितरण, ज्येष्ठ नागरिकलाई फाइबर सिरक वितरण र परिवार नियोजनको अस्थायी साधनबारे शिविर सञ्चालन गरिएको थियो । 

शिविरबाट अपांगता भएको २७२ जनाको स्वास्थ्य परिक्षण, ७७ जना अपांगता भएका व्यक्तिलाई परिचय पत्र वितरण, २१४ जना ज्येष्ठ नागरिकलाई फाइबरको सिरक र ११० जनालाई परिवार नियोजनसम्बन्धी जानकारी दिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले ८० देखि ८४ वर्षसम्मका स्थानीयलाई फाइबर सिरक वितरण गरेकाे हाे ।