close

मिर्चैया सरकारबाटै राहदानी वितरण

मिर्चैया सरकारबाटै राहदानी वितरण

Trulli
ADVERTISEMENT

सिराहा -  मिर्चैया नगरपालिकाले राहदानी (पासपोर्ट) वितरण गर्न थालेको छ । नगरपालिकाले स्थानीय बासिन्दाको सहजताको लागि राहदानी वितरण गर्न थालेको हो । 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णुरञ्जन बरालका अनुसार पालिकाले करिब एक महिना अघि देखि नै राहदानी वितरण गर्न थालेको हो । नगरपालिकाले वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुको लागि नेपाल सरकारको रिन परियोजना अन्तर्गत रही राहदानी वितरण गर्न थालेको उनले पालिकाखबरलाई सुनाए । 

उनका अनुसार हालसम्म नगरपालिकाले करिब ३० जना स्थानीय बासिन्दालाई राहदानी वितरण गरिसकेको छ । नगरपालिकाले वैदेशिक रोजगारीबाट फर्किएका तथा अन्य व्यक्तिलाई पालिकाबाट राहदानी वितरण गर्न थालेको बताए । 

मुलुकमै पहिलो पटक मिर्चैया नगरपालिकाले स्थानीय तहबाट राहदानी वितरण सुरु गरेको उनले सुनाए । नगरपालिकाबाटै राहदानी वितरण गर्न थालेपछि स्थानीयलाई समेत सहज भएको उनले बताए । 

'स्थानीय बासिन्दाले यस अघि सिराहाको सदरमुकाममा गएर राहदानी लिदै आएका थिए । करिब ३० देखि ३५ किलोमिटर यात्रा गर्नुपर्थ्याे । आवत जावतको लागि २०० रुपैयाँभन्दा बढी खर्च हुने गर्थ्याे,' उनले भने । हाल स्थानीय बासिन्दालाई समेत सहज भएको छ । 

नगरप्रमुख श्रवणकुमार यादवका अनुसार राहदानीको लागि बायोमेट्रिकबाहेक सम्पूर्ण कार्य नगरपालिकाबाटै हुँदै आएको छ ।