close

आजदेखि बारागढीमा १० दिने भत्ता वितरण शिविर

आजदेखि बारागढीमा १० दिने भत्ता वितरण शिविर

Trulli
ADVERTISEMENT

बारा- बाारागढी गाउँपालिकाले आजदेखि सामाजिक सुरक्षा वितरण गर्न थालेको छ । गाउँपालिकाले आइतबारदेखि वडा नम्बर ४ बाट सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको गाउँपालिका अध्यक्ष अशोक कुमार जयसवालले बताए । 

गाउँपालिका अध्यक्ष जयसवालका अनुसार कार्यक्रम आगामी फागुन १० गतेसम्म सञ्चालन हुनेछ । गाउँपालिका भौगोलिक रुपमा विकट भएकाले वडामार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरेको उनले बताए । 'गाउँ कार्यपालिका भवनमा आइपुग्न घण्टौं लाग्छ,' उनले भने, 'पालिकामा आउजाउ गर्न समस्या हुने भएकाले वडामार्फत सेवा दिएको हो ।'

पालिकाभित्रका ज्येष्ठ नागरिक, एकल महिला तथा शारीरिक रुपमा अशक्त भएको व्यतिकलाई भत्ता वितरण गरिने उनले जानकारी दिए ।  गाउँपालिकाले वडामै पञ्जिकरण शाखाका कर्मचारी, सुरक्षाकर्मी, हिमालयन बैंकका कर्मचारी तथा जनप्रतिनिधि पुगेर भत्ता वितरण थालेको उनले सुनाए ।