close

जानकीद्धारा अपाङ्गता परिचयपत्र वितरण

जानकीद्धारा अपाङ्गता परिचयपत्र वितरण

Trulli
ADVERTISEMENT

बाँके– जानकी गाउँपालिकाले घुम्ती शिविर सञ्चालनबाट अपाङ्गता परिचयपत्र वितरण गरेको छ । गाउँपालिकाअन्तर्गत वडामा घुम्ती शिविर सञ्चालन गरी अपाङ्ग परिचय पत्र वितरण गरेको हो ।
 

वडा नम्बर १, २ र ३ मा अपाङ्गता परिचयपत्र वितरण गरिसकेको महिला तथा बालबालिका शाखाकी प्रमुख कल्पना गाहा मगरले जानकारी दिइन । वडा नम्बर १ देखि ६ सम्म माघ २६ देखि आउँदो फागुन ३ गतेसम्म शिविरमार्फत् अपांगता परिचयपत्र वितरण गरिने गरी काम गरिरहेको प्रमुख गाहा मगरले पालिकाखबरलाई जानकारी दिइन् ।

पूर्ण अशक्त भएका व्यक्तिलाई रातो, अति अशक्त व्यक्तिलाई निलो, मध्यम अशक्त भएका व्यक्तिलाई पहेलो र सामान्य अशक्त भएका व्यक्तिलाई सेतो रंगको परिचयपत्र वितरण गरेको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाले जनाएको छ ।