close

रुकुम पश्चिमका पाँच र रुकुम पुर्वका ३ पालिकामा सार्वजनिक विदा

रुकुम पश्चिमका पाँच र रुकुम पुर्वका ३ पालिकामा सार्वजनिक विदा

Trulli
ADVERTISEMENT

रुकुम पश्चिम - जनयुद्ध दिवसको अवसरमा फागुन १ गते (आज) रुकुम पश्चिमका पाँच वटा स्थानीय तहले सार्वजनिक बिदा दिएका छन्। रुकुम पश्चिमका आठविसकोट नगरपालिका, चौरजहारी नगरपालिका, सानीभेरी गाउँपालिका, त्रिवेणी गाउँपालिका र बाँफिकोट गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् । 

मुसिकोट नगरपालिकाले भने बिदा दिने निर्णय हालसम्म गरेको छैन । सार्वजनिक बिदाका दिन पालिका भित्रका वडा कार्यालय, शैक्षिक सस्था लगायका कार्यालयहरुमा बिदा हुने जनाईएको छ । त्यस्तै जनयुद्धको अवसरमा रुकुम पुर्वका ३ वटै स्थानीय तहले सार्वजनिक विदा दिएका छन्। 

सर्वोच्च अदालतले 'जनयुद्ध दिवस'को बिदा खारेज गरेपनि माओवादी नेतृत्वमा रहेका केही पालिकाहरूले  फागुन १ मा सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । गत वर्ष संघीय सरकारले माओवादी सशस्त्र विद्रोह सुरु भएको दिनको सम्झना स्वरुप फागुन १ लाई जनयुद्ध दिवस मनाउने र सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।