close

बस्तीमा पुगेर पालिकाका सेवा दिँदै म्याग्दे सरकार

बस्तीमा पुगेर पालिकाका सेवा दिँदै म्याग्दे सरकार

Trulli
ADVERTISEMENT

तनहुँ– म्याग्दे गाउँपालिकाले पालिकाका सेवा बस्तीबस्तीमा पुगेर दिने भएको छ । गाउँपालिकाले एकीकृत घुम्ती शिविरको आयोजना गरेर पालिकाका ७ वटै वडामा पुगेर सेवा दिन लागेको हो । 

प्रत्येक वडाको तीन स्थानमा गरी २१ स्थानमा सेवा उपलब्ध गराउन लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृृत नारायण प्रसाद अधिकारीले बताए । शिविरमा ज्येष्ठ नागरिकको परिचय पत्र वितरण, स्वास्थ्य जाँच, व्यवसाय दर्ता, व्यक्तिगत घटना दर्ता लगायतका सेवा उपलब्ध गराउने उनले बताए ।

स्वास्थ्य, शिक्षा, खानेपानी, पशु, कृषि, महिला लगायत पालिकाका शाखागत सम्पूर्ण सेवा बस्तीस्तरमा उपलब्ध गराउने उनको भनाइ छ । यहि फागुन २१ गतेदेखि चैत ८ गतेभित्र शिविर सञ्चालन हुन लागेको प्रमुुख प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिए । 

घरदैलोमा नै गाउँपालिकाको सेवा उपलब्ध गराउन एकीकृत घुम्ती शिविर सञ्चालन गर्न लागिएको उनले बताए । उनले पालिकाखबरसँग भने, ‘जनताका घरमै पुगेर समस्या समाधान गर्न सकिन्छ । नीति नियम तथा बजेट बनाउँनका लागि स्थानीयको आवश्यकतालाई नजिकबाट बुझ्नसमेत सहज हुन्छ ।’