close

इटहरी वडा नम्बर ४ को आफ्नै भवन

इटहरी वडा नम्बर ४ को आफ्नै भवन

Trulli
ADVERTISEMENT

सुनसरी - इटहरी उपमहानगरपालिकाको वडा नम्बर ४ ले आफ्नै भवनबाट सेवा दिन थालेको छ । वडा कार्यालयले आफ्नो भवन निर्माण भएसँगै सेवा सञ्चालन गरेको हो । 

वडा नम्बर ४ का वडा सचिव अर्जुन सुवेदीका अनुसार फागुन ३ गतेदेखि वडा कार्यालयले आफ्नै भवनबाट सेवा दिन थालेको हो । नवनिर्मित भवनको फागुन २ गते एक कार्यक्रमको आयोजना गरी उद्घाटनसमेत गरेको उनको भनाइ छ  । 

पूर्व नगरप्रमुख द्वारिकालाल चौधरीको पहलमा सो भवन निर्माण भएको हो । ५६ लाख ४४ हजार ४४४ रुपैयाँमा दुई तले भवन निर्माण भएको उनले सुनाए । 

नयाँ भवन पाएसँग्र सेवा प्रवाहमा सहज भएको उनको अनुभव छ । यसअघि वडा कार्यालयले पान्धारेस्थित भाडाको भवनबाट सेवा सञ्चालन गर्दै आएको उनले सुनाए । 

वडा कार्यालयले मासिक रुपमा ३० हजार रुपैयाँ भवन भाँडा तिर्दै आएको र आफ्नो भवनमा सरेपछि सो तिर्न नपर्ने उनले बताए ।