close

कुमाखमा ज्येष्ठ नागरिकलाई सम्मान

कुमाखमा ज्येष्ठ नागरिकलाई सम्मान

Trulli
ADVERTISEMENT

सल्यान– कुमाख गाउँपालिका वडा नं. ३ ले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । वडा सरकारले स्थानीय २८ जना ज्येष्ठ नागरिकलाई प्रेसर कुकर वितरण गरी सम्मान गरेकाे हाे ।

वडा नम्बर ३ का वडाध्यक्ष केवलबहादुर राना २८ जना ज्येष्ठ नागरिकलाई दोसल्लासहित प्रेसर कुकर दिएर सम्मान गरेको बताए । आफ्ना वडामा रहेका ८० वर्षभन्दा माथीका ज्येष्ठ नागरिकलाई वितरण गरेको उनले पालिकाखबरलाई जानकारी दिए ।

ज्येष्ठ नागरिकलाई थप हौसला मिलोस भनेर दोसल्ला ओढाएर सम्मान गर्नुका साथै प्रेस कुकुर उपलब्ध गराएका उनले बताए ।