close

मागमा आधारित कार्यक्रमबाट उद्यमी बन्दै महिला

मागमा आधारित कार्यक्रमबाट उद्यमी बन्दै महिला

Trulli
ADVERTISEMENT

पवर्त - फलेवास नगरपालिकाले महिलाको लागि मागमा आधारित कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगरपालिकाले महिलालाई उद्यमी बनाउनका लागि सो कार्यक्रम सञ्चालन गर्न लागेको हो । 

नगरपालिकाकी उपप्रमुख शोभा कुमारी क्षेत्रीका अनुसार महिलालाई आत्मनिर्भर बनाउनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्न लागेको हो । अचार बनाउने तालिम, मौरीपालन तथा विभिन्न तालिम सञ्चालन हुने उनले पालिकाखबरलाई जानकारी दिइन् । 

नगरपालिकाले महिलालाई आर्थिक, सामाजिक रुपमा आत्मनिर्भर बनाउनका लागि सो कार्यक्रम सञ्चालन गर्न लागेको उनले बताइन् । कार्यक्रमको लागि आवश्यक सामग्री र तालिम नगरपालिकाले दिने उनले सुनाइन् । 

अघिल्लो आर्थिक वर्षमा सञ्चालित कार्यक्रमबाट केही महिलाले सामग्री उत्पादन गर्न थालेको र सो सामग्रीको लागि बजारीकरण गर्न नगरपालिकाले सहयोग गर्ने उनले जानकारी दिइन् । सामग्री उत्पादनको लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने उनको भनाइ छ।