close

लिसंखु पाखरले सीप विकास तालिम दिँदै

लिसंखु पाखरले सीप विकास तालिम दिँदै

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक– लिसंखु पाखर गाउँपालिकाले व्यावसायिक सीप विकास तालिम प्रदान गर्ने भएको छ । गाउँपालिकाले स्थानीय स्तरमा प्लम्बर तालिम, हाउस वाइरिङ, कपाल काट्ने, व्युटिसीयनजस्ता सीपमुलक तालिम प्रदान गर्ने भएको हो ।

घरेलु तथा साना उद्योग केन्द्र शाखाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम अनुुसार स्थानीय स्तरमा रोजगारी दिने उद्देश्यले सीप विकास तालिम दिन लागेको एक सूचना जारी गर्दै गाउँपालिकाले जनाएको छ ।  

सीपविकास तालिम लिन इच्छुक व्यक्तिले  १५ दिनभित्रमा आवश्यक कागजातसहित आवेदन दिन सकिने गाउँपालिकाले जनाएको छ ।