close

झलनाथ-माधवले देखेका एमालेका १२ कामः अध्यक्ष ओलीको राजीनामा, कार्यवाहक नेतृत्व

झलनाथ-माधवले देखेका एमालेका १२ कामः अध्यक्ष ओलीको राजीनामा, कार्यवाहक नेतृत्व

Trulli
ADVERTISEMENT

काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल खेमाले पार्टी अध्यक्ष केपी ओलीको राजीनामा मागेको छ । 


ललितपुरमा जारी राष्ट्रिय कार्यकर्ता भेलामा पेश भएको प्रतिवेदनमा ओली स्वेच्छाछारी भएको भन्दै आगामी कार्यदिशाको एउटा एजेण्डाका रुपमा ओलीको राजीनामा परेको छ । 


पार्टीलाई एकतावद्ध बनाएर अघि वढाउन भनदै पेश भउको प्रस्तावमा समूहगत छलफल भइरहेको छ । एमालेले आगामी दिनमा गर्नुपर्ने कामका रुपमा पार्टीलाई २ जेठ, २०७५ को अवस्थामा फर्काउनुपर्ने देखि लिएर अध्यक्ष केपीलाई अध्यषबाट राजीनामा गराएर हटाउनुपर्नेसम्मका विषय समेटिएका छन् । 

 

खनाल-नेपाल खेमाले देखेका अबका काम

 

  • २०७५ जेष्ठ २ गतेलाई प्रस्थान बिन्दु बनाएर पार्टी जीवनको पुनर्स्थापना । (सबै पार्टी कमिटी, निकाय, जनसंगठन र विभागहरुको पुनर्स्थापना ।)
  • विधि विधानको पुनर्स्थापना र विकास ।
  • नवौ महाधिवेशनको कार्यदिशाको स्थापना ।
  • नवौँ महाधिवेशनपछि उत्पन्न भएका सबै विवादहरुको विधिसम्मत समाधान ।
  • आगामी दिनमा कम्युनिष्ट पार्टीको विजयको तयारी ।
  • केपीका गल्तीका कारणले उनले राजीनामा दिनु पर्छ ।
  • कार्यवाहक नेतृत्वको तयारी गर्नुपर्छ ।
  • गुटका निर्णयहरु खारेज गर्नु पर्छ ।
  • पार्टीलाई पुर्वावस्थामा फर्काउनु पर्छ जेष्ठ २ गतेमा लैजानु पर्छ ।
  • नवौँ महाधिवेशनको निर्णय र विधानको अवस्थामा लैजानु पर्छ ।
  • पार्टीलाई एकता, पुनर्गठन र रुपान्तरणको दिशामा लैजानु पर्छ ।
  • पार्टीलाई नेपाली समाजवादको दिशातर्फ अगाडि बढाउनु पर्छ ।

 

निष्कर्ष: पार्टी अध्यक्षको तानाशाही र स्वेच्छाचारी प्रवृत्तिको विरोध गरौँ र नेकपा एमालेको एकताको रक्षा गर्दै कम्युनिष्ट आन्दोलनको रक्षा गरौँ ।