close

प्रदेश १ को राजनीतिः माओवादीबाट सांसद, एमालेबाट मन्त्री 

प्रदेश १ को राजनीतिः माओवादीबाट सांसद, एमालेबाट मन्त्री 

Trulli
ADVERTISEMENT

मोरङ– प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तार गरेका  छन् । नयाँ मन्त्रीहरूको शुक्रबार (आज) सपथसमेत सुरु भएको छ । 


विस्तारित मन्त्रिमण्डलमा माओवादीबाट एमाले प्रवेश गरेका प्रदेश सासद टंक आङबोहाङ अर्थमन्त्री हुँदै छन् । उषाकला राई सामाजिक विकासमन्त्री, हाल राज्यमन्त्री रहेका अम्बिरबाबु गुरुङ भौतिक पूर्वाधारमन्त्री र राम राना कृषिमन्त्री हुँदै छन् ।

 

उदयपुरकी कला घले कृषि राज्यमन्त्री र मोरङका राजकुमार ओझा वन राज्यमन्त्री नियुक्त भएका छन् । थपिएका नयाँ मन्त्रीमा ३ जना नयाँ अनुहार हुन् ।