close

एमाले महाधिवेशनमा ‘माधव नेपाललाई नो इन्ट्री’

एमाले महाधिवेशनमा ‘माधव नेपाललाई नो इन्ट्री’

Trulli
ADVERTISEMENT

काठमाडौं–नेकपा एमालेले  महाधिवेशनमा माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीलाई नबोलाउने भएको छ । एमालेले १० औ महाधिवेशन चितवनको भरतपुरमा गर्न लागेको छ ।  उक्त महाधिवेशनमा ऐमाले फुटाएर बनेको समाजवादी पार्टीलाई नबोलाउने भएको हो । 


एमाले प्रचार विभागले बिहीबार गरेको पत्रकार सम्मेलनमा  विभाग प्रमुख योगेश भट्टराईले एकीकृत समाजवादीलाई नबोलाउने निर्णय भएको बताएका हुन् । ‘हामीले पार्टीको १० औं महाधिवेशनमा प्रमुख राजनीतिक दलहरुलाई बोलाउने निर्णय गरेका हौं,’ उनले भने ‘राजनीतिक दलहरुको अवैध सम्बन्धबाट राजनीतिक दलहरुको नाममा बनेका समूहलाई हामीले बोलाउँदैनौ ।’ 

 

उनले एकीकृत समाजवादीको पहिचान पनि नभएको र पत्राचार गर्ने ठाउँ पनि नभएको बताए ।  एकिकृत समाजवादीलाई नबोलाएपनि मुलुकका अन्य राजनीतिक दल तथा मित्रराष्ट्रहरुका दलका प्रतिनिधिलाई बोलाउने निर्णय गरेको छ ।