close

एमाले दसौँ महाधिवेशनका लागि दाङबाट २५ जनाको नाम सिफारिस

एमाले दसौँ महाधिवेशनका लागि दाङबाट २५ जनाको नाम सिफारिस

Trulli
ADVERTISEMENT

दाङ– नेकपा एमालेको दसौँ महाधिवेशनका लागि दाङबाट २५ सदस्यलाई सिफारिस गर्ने निर्णय भएको छ । १०–१२ मंसिरदेखि चितवनमा हुन गइरहेको महाधिवेशनका लागि एमाले दाङको घोराहीमा बसेको बैठकले २५ जनालाई महाधिवेशन प्रतिनिधिका रूपमा पठाउने निर्णय गरेको हो । 


एमाले दाङका अनुसार जिल्लाका तीन वटै निर्वाचन क्षेत्रबाट खुल्ला र समावेशीका आधारमा प्रतिनिधि छनोट गरी सिफारिस गर्ने निर्णय भएको छ । दाङ निर्वाचन क्षेत्र नम्वर १ बाट खुल्लातर्फ रेवतीरमण शर्मा, राममणि पाण्डे, सहजराम यादवलाई महाधिवेशन प्रतिनिधि छनोट गरिएको छ । 


यस्तै, महिलातर्फ गंगा चौधरी र सरस्वती गौतमलाई सिफारिस गरिएको छ । निर्वाचन क्षेत्र नम्बर २ बाट खुल्लातर्फ टीकाराम खड्का, लक्ष्मण आचार्य, टोपेन्द्र केसी, बलिभद्र राना, भेषराज खत्री रहेका छन् भने महिलातर्फ तुलसा केसी र हुमा डिसी छन् ।


निर्वाचन क्षेत्र नम्बर ३ बाट तुलसीपुर उपमहानगर प्रमुख घनश्याम पाण्डे, हुकुम बस्नेत, मनोहर बुढाथोकी, भुवनेश्वर पौडेल, कृष्ण भुसाल, राममिलन चौधरी रहेका छन् भने महिलातर्फ कोमल वली, धनकली चौधरी र माया आचार्य रहेका छन् ।


यस्तै, दलिततर्फ जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपाली, मानबहादुर विश्वकर्मा र निर्र्मला विश्वकर्मा रहेका छन् । एमाले दाङका अनुसार जिल्लाका तीन वटै निर्वाचन क्षेत्रबाट खुल्ला र समावेशी आधारमा प्रतिनिधि छनोट गरी सिफारिस गर्ने निर्णय भएको हो ।