close

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले विधान तथा नियमावली प्रकाशन गर्ने

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले विधान तथा नियमावली प्रकाशन गर्ने

Trulli
ADVERTISEMENT

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको दोस्रो बैठकले केन्द्रीय कमिटीको कार्य विभाजनसहित अन्तरपाटी निर्देशन (अपानि)  जारी गर्ने निर्णय गरेको छ ।

 

पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा यही कात्तिक २७ देखि दुईदिनसम्म बसेको बैठकले विधान तथा नियमावलीसम्पादन र प्रकाशन गर्ने, विभिन्न राजनीतिक समूह र व्यक्तिसँग वार्ता गर्नेलगायत निर्णय गरेको छ । पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले  जारी गरेको विज्ञप्तिमा वैचारिकरूपमा निकट रहेका विभिन्न राजनीतिक दलसँग एकताका लागि भइरहेका प्रयास तथा उपलब्धीबारे बैठकमा जानकारी गराइएको छ । 

 

माले समूहबाट आएका कुलप्रसाद फुँयाल, शङ्कर पोख्रेल र नीलमणि बराललाई केन्द्रीय कमिटीमा मनोनित गर्ने, माओवादीबाट आएका रामचन्द्र झालाई केन्द्रीय कमिटीमा मनोनित गरी सचिवालयमा राख्ने, एमालेबाट आएका वंशीधर मिश्रलाई केन्द्रीय कमिटीमा मनोनित गरी स्थायी कमिटीमा राख्ने, एमालेबाट आएका डा तारा जोशीलाई केन्द्रीय कमिटीमा मनोनित गर्ने, माले समूहबाट आएका श्यामराज राईलाई केन्द्रीय परिषद्मा र कारिप्रसाद यादवलाई २ नं प्रदेश कमिटीमा मनोनित गर्ने बैठकले निर्णय गरेको छ ।  

 

महासचिव बेदुराम भुसालले सञ्चालन गर्नुभएको बैठकमा पार्टीको तर्फबाट सरकारमा नेतृत्व गर्नुभएका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सरकारका तर्फबाट गरेका कामका बारेमा विवरण प्रस्तुत गरे । उनले कोभिड विरुद्धको खोपको व्यवस्थापन, स्वास्थ्य बीमा र स्वास्थ्यम्बन्धी समग्र समीक्षा र समाधानका दृष्टिकोण र योजनाबारे प्रकाश पारेका थिए । 

 

स्थायी कमिटी, केन्द्रिय सचिवालय र कार्यालयबाट भएका कामको जानकारी र निर्णयहरुको अनुमोदन गरिएको बैठकमा प्रदेशको रिपोर्ट तथा समूहगत छलफलको निश्कर्ष प्रस्तुत गरिएको थियो । कर्णाली प्रदेशबाट उपमहासचिव प्रकाश ज्वाला, वाग्मती प्रदेशबाट प्रदेश अध्यक्ष सावित्रा भुसाल, प्रदेश नं २ बाट प्रदेश इञ्चार्ज धर्मनाथप्रसाद शाह, लुम्बिनी प्रदेशबाट इञ्चार्ज भागवत विश्वासी, मोर्चा सङ्गठनको तर्फबाट अपाङ्ग महासङ्घ इञ्चार्ज वीरेन्द्र पोखरेल, प्रदेश नं १ बाट प्रदेश इञ्चार्ज घनेन्द्र बस्नेत, सुदूरपश्चिम प्रदेशबाट प्रदेश इञ्चार्ज गरिमा शाह, उपत्यका विशेष प्रदेश कमिटीका तर्फबाट इञ्चार्ज विश्वनाथ प्याकुरेल, सम्पर्क समन्वय कमिटीका तर्फबाट इञ्चार्ज विजय गुरुङ, अन्य प्रवास क्षेत्रबाट इञ्चार्ज श्रीप्रसाद शाह र गण्डकी प्रदेशका तर्फबाट इञ्चार्ज केशवलाल श्रेष्ठले आ–आफ्नो कार्यक्षेत्रको रिपोर्टिङ र समूहगत छलफलका निष्कर्ष प्रस्तुत गरे । 

 

महासचिव एवं सङ्गठन विभाग प्रमुख डा भुसालले सङ्गठन निर्माण र परिचालनको संक्षिप्त अवधारणा र योजना प्रस्तुत गरेको  बैठकमा उपमहासचिव एवं प्रचार विभाग प्रमुख खतिवडाले प्रचारको कार्ययोजना, उपाध्यक्ष एवं पार्टी स्कुल विभाग प्रमुख प्रमेश हमालले पार्टी विपद् जोखिम न्यूनीकरण प्रशिक्षण सञ्चालन गर्ने, विपद् पूर्वतयारीका लागि ‘जनसहजकर्ता’ निर्माण गर्नेसम्बन्धमा स्कुलको कार्ययोजना, उपमहासचिव एवं अर्थ तथा योजना विभाग प्रमुख डा विजयकुमार पौडेलले सङ्गठन निर्माण र परिचालनको योजना, उपमहासचिव डा गङ्गालाल तुलाधरले बैठकबाट पारित समसामयिक प्रस्ताव पारित गरिएको केन्द्रीय सदस्य दिलुकुमारी पन्तले जानकारी दिए । राष्ट्रिय राजनीतिको सन्दर्भमा, आर्थिक सामाजिक सन्दर्भमा, अन्तर्राष्ट्रिय सरोकार सन्दर्भमासमेत छलफल भएको थियो ।