close

एमाले झन् शक्तिशाली बन्छ : अध्यक्ष ओली

एमाले झन् शक्तिशाली बन्छ : अध्यक्ष ओली

Trulli
ADVERTISEMENT

धनकुटा– नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चुनावबाट एमाले अझै शक्तिशाली बन्ने दाबी गरेको छन् । एमाले धनकुटाले सोमबार शहीदभूमि गाउँपालिकाको छिन्ताङ्गमा आयोजना गरेको शहीद स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आउने चुनावबाट एमाले ठूलो पार्टी बन्ने दाबी गरे ।

 

मुलुकका हरेक परिवर्तनमा शहीदहरूको बलिदानी रहेको चर्चा गर्दै अध्यक्ष ओलीले ‘छिन्ताङ्ग हत्याकाण्ड’ सहित सबै घटनाका शहीदका सपना साकार पार्ने बताए । विसं २०३६ मा भएको छिन्ताङ्ग हत्याकाण्डमा मारिएका १६ जना शहीदको ४३औँ स्मिृति दिवसका अवसरमा एमालेले सभा आयोजना गरेको हो । सभालाई एमाले स्थायी कमिटी सदस्य शङ्कर पोखरेल, मेडिकल व्यवसायी एवं एमाले नेता दुर्गा प्रसाईं, एमाले धनकुटा अध्यक्ष राजेन्द्र राई, शहीदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राई लगायतले सम्बोधन गरेका थिए ।