close

दाङ कांग्रेसको निर्वाचन तालिका सार्वजनिक 

दाङ कांग्रेसको निर्वाचन तालिका सार्वजनिक 

Trulli
ADVERTISEMENT

दाङ– दाङ जिल्ला निर्वाचन समितिले नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत हुने प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र र जिल्ला अधिवेशनको निर्वाचन तालिका सार्वजनिक गरेको छ ।


निर्वाचनका लागि उम्मेदवारको टुंगो लागेपछि तालिका सार्वजनिक गरेको हो । जिल्ला निर्वाचन समितिले ३, ६ र १० मंसिरमा हुने प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र र जिल्ला अधिवेशनको निर्वाचन तालिका मंगलबार सार्वजनिक गरेको हो ।


३ मंसिरमा हुने प्रदेशसभा क्षेत्र अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि बिहान साढे १० देखि दिउँसो साढे १ बजेसम्म उम्मेदवार मनोनयन दर्ता र ४ मंसिर बिहान ९ बजेदेखि मतदान सुरु हुने जिल्ला निर्वाचन समितिले जनाएको छ ।


 त्यस्तै, प्रदेशसभा क्षेत्रीय अधिवेशन निर्वाचन क्षेत्र १ ‘क’ को गढवा, १ ‘ख’ को लमही, २ ‘क’ को घोराही, २ ‘ख’ को नारायणपुर, ३ ‘क’ को तुलसीपुर र ३ ‘ख’ को श्रीगाउँमा हुनेछ भने प्रदेशसभा क्षेत्रीय अधिवेशनका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृत खटाइसकिएको निर्वाचन समितिले बताएको छ ।


त्यस्तै, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनअन्तर्गत ६ मंसिरमा उम्मेदवार मनोनयन दर्ता र ७ मंसिरमा मतदान हुने कार्यतालिका छ । जिल्ला अधिवेशनका लागि पनि १० मंसिरमा मनोनयन दर्ता र ११ मंसिरमा मतदान हुने निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गरेको छ ।