close

माओवादी केन्द्र गण्डकीका अध्यक्षमा गुरुङ

माओवादी केन्द्र गण्डकीका अध्यक्षमा गुरुङ

Trulli
ADVERTISEMENT

कास्की– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिका अध्यक्षमा गायत्री गुरुङ सर्वसम्मत चयन भएकी छिन् । प्रदेश समितिको यही मङ्सिर २५ गतेदेखि पोखरामा सुरु भएर सोमबार बिहान सम्पन्न प्रथम अधिवेशनले उनको अध्यक्षतामा २०१ सदस्सीय समिति निर्वाचित गरेको हो । अध्यक्षमा चयन भएका नेत्री गुरुङ माओवादी केन्द्र गण्डकी प्रदेशसभा संसदीय दलको प्रमुख सचेतकसमेत छिन् । उनी अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) को केन्द्रीय सचिवको जिम्मेवारीमा समेत रहेकी छिन् । 

 

गण्डकी प्रदेशको पार्टी सङ्गठनलाई व्यवस्थित गर्दै पार्टी निर्माणमा आफू क्रियाशील रहने अध्यक्ष गुरुङले प्रतिबद्धता व्यक्त गरिन् । अधिवेशनले अध्यक्ष सर्वसम्मत निर्वाचित गरे पनि अन्य पदाधिकारी भने चयन गरेको छ । नवनिर्वाचित कमिटीको पहिलो बैठकबाट पदाधिकारी चयन गरिने नवनिर्वाचित अध्यक्ष गुरुङले जानकारी दिइन् । माओवादी केन्द्रले मङ्सिर २५ गते एकै दिन सात भौगोलिक प्रदेश र दुई गैरभौगोलिक प्रदेशको सम्मेलन आयोजना गरेको थियो ।