close

राप्रपा अध्यक्ष लिङ्देनले मनोनयन गरे पदाधिकारी र विभाग प्रमुख

राप्रपा अध्यक्ष लिङ्देनले मनोनयन गरे पदाधिकारी र विभाग प्रमुख

Trulli
ADVERTISEMENT

काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पदाधिकरी तथा विभाग प्रमुख मनोनयन गरेको छ ।  अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका विभिन्न पदाधिकारी तथा विभाग प्रमुख मनोनयन गरेको बताएका हुन् । उपाध्यक्षमा हेमजंग गुरुङ र मुकुन्दश्याम गिरीलाई मनोनयन गरिएको छ । राजेन्द्र गुरुङ र प्रह्लादप्रसाद साहलाई महामन्त्री भएका छन् । 


यस्तै, आर्थिक विभाग प्रमुख दिनेश श्रेष्ठ, धर्म तथा संस्कृति समन्वय विभाग प्रमुख पुष्पराज पुरुष, सूचना तथा प्रविधि विभाग प्रमुख रविन चाम्लिङ, तराई मधेस विभाग प्रमुख रामप्रताप साह, अभिलेख तथा मूल्यांकन विभाग प्रमुख मीना सुवेदी र सहकारी समन्वय विभाग प्रमुखमा सुदर्शन थापालाई मनोनयन गरिएको छ । 


यसैगरी रमानन्द न्यौपाने (जुम्ला) लाई केन्द्रीय सचिवालयको सदस्य सचिव पदमा मनोनयन गरिएको छ । राप्रपाले उपाध्यक्षमा हेमजंग गुरुङ लमजुङ, मुकुन्दश्याम गिरी सुर्खेत, महामन्त्रीमा राजेन्द्र गुरुङ ओखलढुंगा, प्रह्लादप्रसाद साह मोरङ, प्रवक्तामा भक्तिप्रसाद सिटौला झापा, मोहन श्रेष्ठ गोरखा, सगुनसुन्दर लावती पाँचथर, गोपाल दाहाल मोरङ, सहायक प्रवक्तामा प्रविनकुमार थोकर तामाङ दोलखा, दिनेशकुमार साह मोरङ, पूर्णबहादुर चन्द कञ्चनपुर, सह–महामन्त्रीमा मोहनप्रसाद यादव बारा, धनबहादुर बुढा कालीकोट, श्यामबहादुर शाही अछाम, प्रकाश रिमाल काठमाडौं, रवीन्द्रप्रताप शाह भक्तपुर, झनक प्याकुरेल नुवाकोट, रीना गुरुङ चितवनलाई नियुक्त गरिएको छ ।


यस्तै, सहायक महामन्त्रीमा रमानन्द न्यौपाने जुम्ला, विजय खड्का दोलखा, प्रेम बलायर डोटी, ऋषिराज देवकोटा बाँके, ताहिर अलि रूपन्देही, दीपककुमार राई नुवाकोटलाई मनोनयन गरिएको छ । त्यसैगरी, आर्थिक विभाग प्रमुख दिनेश श्रेष्ठ भक्तपुर, धर्म तथा संस्कृति समन्वय विभाग प्रमुख पुष्पराज पुरुष ललितपुर, सूचना तथा प्रविधि विभाग प्रमुख रविन चाम्लिङ खोटाङ, तराई मधेस विभाग प्रमुख रामप्रताप साह (भोला) सिरहा, अभिलेख तथा मूल्यांकन विभाग प्रमुख मीना सुवेदी काठमाडौं, सहकारी समन्वय विभाग प्रमुख सुदर्शन थापा काठमाडौं रहेका छन् ।