close

पोखरियाका मेयर रौनियार कांग्रेसमा प्रवेश

पोखरियाका मेयर रौनियार कांग्रेसमा प्रवेश

Trulli
ADVERTISEMENT

वीरगञ्ज– पर्साको पोखरिया नगरपालिकाका नगरप्रमुख दीपनारायण रौनियार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस जिल्ला कार्य समिति पर्साले वीरगञ्जमा आयोजना गरेको प्रमाण पत्र वितरण तथा पदस्थापन कार्यक्रममा रौनियार कांग्रेसमा प्रवेश गरेका हुन् ।

 

बिहीबार वीरगञ्ज आइपुगेका नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले टिका र माला लगाएर  मेयर रौनियरलाई पार्टी प्रवेश गराएका हुन् । पहिलो स्थानीय तहको निर्वाचनमा नेपाली जनता दलबाट ३ हजार २६ मत प्राप्त गरेर उनी नगरप्रमुखमा निर्वाचित भएका थिए ।