close

'प्रतिगमनकारी झारपात' स्थानीय तहको निर्वाचनले साफ गर्छ : प्रचण्ड

'प्रतिगमनकारी झारपात' स्थानीय तहको निर्वाचनले साफ गर्छ : प्रचण्ड

Trulli
ADVERTISEMENT

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगमन विरुद्धको खबरदारी जारी नै रहेको बताएका छन् ।

 

आसन्न स्थानीय तह निर्वाचनमा प्रतिगमनकारी जनताबाट पाखा लागेपछि आन्दोलनको एक चरण पूरा हुने उनले बताए ।

 

बर्दिबास नगरपालिका–११ खयरमाराको सुन्दरबस्तीस्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयको नवनिर्मित भवनको आइतवार उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘हामीले गत वर्ष असंवैधानिक तवरले संसद् विघटन गर्ने हरकतलाई ठेगान लगायौं, यसपालिको आसन्न स्थानीय तह निर्वाचनले प्रतिगमनकारी झारपात सबै साफ गर्नेछ ।’

 

आसन्न स्थानीय तह निर्वाचनसम्म मात्र नभएर अब हुने संसदीय निर्वाचनसम्म प्रतिगमन विरुद्धको ५ दलीय गठबन्धन कायम रहने उनको भनाइ थियो ।