close

पोखरामा एमालेले सार्वजनिक गर्‍यो फरक घोषणापत्र

पोखरामा एमालेले सार्वजनिक गर्‍यो फरक घोषणापत्र

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा एमाले पोखरा महानगरपालिका कमिटीले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

 

पोखराको मेयरमा कृष्ण थापा र उपमेयरमा मञ्जुदेवी गुरुङलाई उम्मेदवार बनाएको नेकपा एमालेले शनिबार आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको हो । 

 

सार्वजनिक घोषणापत्रमा महानगरभित्र सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने, मोनोरेल र मेट्रोरेल सञ्चालन तथा अध्ययन गर्ने, महानगरमा पर्नेमध्ये पहाडी लोकमार्ग खण्डलाई छिटो निर्माण गर्न, केरुङ, काठमाडौं हुँदै पोखरा लुम्बिनीसम्म रेलमार्ग सञ्चालन र कोरला भैंसालोटन नाका हुँदै अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन गर्नेलगायत विषय उल्लेख छन् ।