close

स्थानीय तह निर्वाचन : कतिले लिए उम्मेद्वारी फिर्ता

स्थानीय तह निर्वाचन : कतिले लिए उम्मेद्वारी फिर्ता

Trulli
ADVERTISEMENT

काठमाडौं । निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले देशभरबाट करिब आठ हजारले आफ्नो उम्मेद्वारी फिर्ता लिएको बताएका छन् । 

 

शनिबार उनले  एक लाख ५३ हजारभन्दा बढीले उम्मेद्वारी दर्ता गराएको जानकारी दिँदै उनले उल्लेखित संख्याले आफ्नो उम्मेद्वारी फिर्ता लिएको बताएका हुन् । 

 

उनका अनुसार हाल करिब एक लाख ४५ हजार उम्मेद्वार अझै कायम छन् । 

 

आयोगले शुक्रबार उम्मेद्वारहरूको अन्तिम नामावली प्रकाशन गरेको थियो । स्थानीय तहको निर्वाचन आउन अब १३ दिन मात्रै बाँकी छ ।