close

मिलेर चुनाव लड्न सत्तारुढ गठबन्धन दलको निर्देशन   

मिलेर चुनाव लड्न सत्तारुढ गठबन्धन दलको निर्देशन   

Trulli
ADVERTISEMENT

काठमाडौं । सत्ता गठबन्धनको बैठकले गठबन्धन नभएका स्थानमा पनि मिलेर चुनाव लड्न निर्देशन दिएको छ । 

 

आइतबार बसेको गठबन्धनकाे स्थानीय तह निर्वाचनको आन्तरिक तयारी र अनुगमन संयन्त्रको बैठकले गठबन्धनमा आबद्ध भएर पनि गठबन्धन नगरी आ–आफैँ वा फरक दलसँग मिलेर चुनाव लडेका उम्मेदवारलाई यस्तो निर्देशन दिएको हो । 

   

 

पाँच दलीय गठबन्धनमा समझदारी भए पनि गठबन्धनविरुद्ध बागी उम्मेद्वारी दिनेहरूको संख्या निकै छ । 

 

यसरी बागी उम्मेद्वार दिनेहरूलाई बैठकले गठबन्धनसँग समझदारीअनुरुप उम्मेदवारी फिर्ता नलिएको तथा फिर्ता लिने समय अपुग भएका स्थानमा समझदारीअनुरुप कार्य गर्न गराउन आ–आफ्ना दलले आ–आफ्ना मातहतका निकायहरुलाई निर्देशन दिने निर्णय गरेको  छ । 

 

बैठकपछि नेपाली का‌ंग्रेसका नेता रामचन्द्र पौडेलले गठबन्धनको निर्देशन नमान्नेहरूलाई कारबाही गर्ने बताएका छन् ।