close

माओवादीका उम्मेदवारमाथि एमाले कार्यकर्ताले गरे खुकुरी प्रहार

माओवादीका उम्मेदवारमाथि एमाले कार्यकर्ताले गरे खुकुरी प्रहार

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपालधाप गाउँपालिकामा एमाले कार्यकर्ताको खुकुरी प्रहारबाट नेकपा माओवादी केन्द्रका तीन कार्यकर्ता घाइते भएका छन् ।

 

सो गाउँपालिका७ का एमाले वडाध्यक्षका उम्मेदवार सुके तामाङ र देवराज गुरुङको समूहले खुकुरी प्रहार गरी माओवादी कार्यकर्तालाई घाइते बनाएको आरोप लगाइएको छ ।

 

माओवादीको चुनाव प्रचारमा खटिरहेका बेला ज्यान मार्ने उद्देश्यका साथ एमाले कार्यकर्ताले आक्रमण गरेका र आक्रमणबाट घाइते भएकाहरूको अहिले काठमाडौमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले रातको समयमा घटना घटेकाले थप विवरण आउन बाँकी रहेको बताएको छ । प्रहरीले आक्रमणबाट गम्भीर घाइते बनेका जीवन पुरीलाई थप उपचारका लागि काठमाडौं लगिएको जानकारी दिएको छ ।

 

माओवादीका जिल्ला अध्यक्ष गोविन्द पराजुलीले आइतबार नै प्रेस विज्ञप्ति जारी गर्दै एमालेबाट आफ्ना कार्यकर्तामाथि भएको कुटपिटको भर्त्सना गरेका छन् । साथै उनले दोषीमाथि कडा कारबाही गर्न प्रशासनसँग माग समेत गरेका छन् । साथै उनले आगामी दिनमा यस्ता अवाञ्चित गतिविधि नगर्न र घटना दोहोरिन नदिन पनि एमालेलाई सचेत गराएका छन् ।