close

देशभरका शक्ति एकजुट भए पनि एमालेलाई हराउन सक्दैनन् : ओली

देशभरका शक्ति एकजुट भए पनि एमालेलाई हराउन सक्दैनन् : ओली

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका शक्ति एकजुट भए पनि नेकपा एमालेलाई हराउन नसक्ने बताएका छन् ।

 

हेटौँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा एमालेदेखि डराएर गरिएको यस्ता गठबन्धनले नेकपा एमालेलाई हराउन नसक्ने बताएका हुन् । 

 

देशभरका प्रतिक्रियावादीहरू, जनविरोधीहरू, देशद्रोहीहरू, राष्ट्रघातीहरू, भ्रष्टाचारीहरू, मोर्चा कसेर आऊ, एमाले एक्लै लड्छ,’ उनले भने । 

अफ्नो निर्वाचन क्षेत्रमा ज्ञानेन्द्र शाह समर्थकसहित ६ दलीय गठबन्धन बनेको बताउँदै उनले भने, ‘मिलेर पनि पार लाग्दैन । गठबन्धन गरेर पनि पार लाग्दैन । पाँचै जनाले पार लाग्दैन । मेरो निर्वाचन क्षेत्रमा ज्ञानेन्द्र शाह समर्थक ६ दलीय गठबन्धन बनेको छ ।