close

वरीयता मिचेर गरिएको आइजिपी नियुक्तिप्रति कांग्रेस नेता शेखरको आपत्ति

वरीयता मिचेर गरिएको आइजिपी नियुक्तिप्रति कांग्रेस नेता शेखरको आपत्ति

Trulli
ADVERTISEMENT

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री शेरबहादुर देउवाले वरीयता मिचेर आइजिपी नियुक्ति गरेर विधिको शासनको खिल्ली उडाएको बताएका छन् । 

प्रधानमन्त्री शेरबहादुर देउवाले तेस्रो वरीयताका धीरजप्रताप सिंहलाई आइजिपीमा नियुक्त गरेपछि कोइरालाले सामाजिक सञ्जालमार्फत् देउवाले विधिको शासनको खिल्ली उडाएको बताएका हुन् । 

 

वरीयता मिचेर नेपाल प्रहरीको आइजिपी नियुक्त गर्ने सरकारको प्रक्रिया गलत भएको बताउँदै उनले यस निर्णयले विधिको शासनको खिल्ली उडाएको बताएका छन् । 

‘वरीयता र प्रक्रिया मिचेर नेपाल प्रहरीको आइजपी नियुक्त गर्ने सरकारको निर्णयले विधिको शासनको खिल्ली उडाउने काम गरेको छ । सरकारको यो निर्णयले सिंगो प्रहरी संगठनलाई फेरि एकपटक विवादमा ल्याएको छ,’ कोइरालाले   सामाजिक सञ्जालमा भनेका छन् । 

सरकारले आइतबार नेपाल प्रहरीको आइजिपीमा धीरजप्रताप सिंह र सशस्त्र प्रहरी बलको आइजिपीमा राजु अर्याललाई नियुक्त गरेको छ ।