close

बर्दिबास नगरपालिकामा कसले मार्ला बाजी ?

बर्दिबास नगरपालिकामा कसले मार्ला बाजी ?

Trulli
ADVERTISEMENT

महोत्तरी। आसन्न स्थानीय तहको निर्वाचनमा दलबीच तीव्र प्रतिस्पर्धा छ ।  परिणाम आफ्नो पक्षमा पार्न   दलहरू सबै किसिमका शक्ति प्रयोग गरिरहेका छन् ।  

 

१५ स्थानीय तह  रहे को महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका जिल्लाकै चर्चामा छ ।  बर्दिबासमा चुनावी समीकरण पनि हेर्नलायक छ । 

जिल्लाका कुनै पनि पालिकामा सत्तागठबन्धन दलहरूबीच चुनावी गठबन्धन हुन सकेन । त्यसैले धेरै दल एक्ला–एक्लै निर्वाचनमा होमिएका छन् । तर, बर्दिबासमा सबै दल एक्लाएक्लै चुनाव लडे पनि सांगठनिक संरचना बलियो भएको नेपाली कांग्रेस भने कमजोर देखिएको छ ।

 

नेपाली कांग्रेसभित्र टिकटको विषयलाई लिएर एक पक्ष स्वतन्त्र प्यानल दर्ता गरेर प्रचारप्रसारमा लागेको छ भने अर्काे पक्ष रुख चिन्हको प्रचारप्रसारमा लागेको छ । जसका कारण कांग्रेसले जित्ने सम्भावना न्यून छ । बरु यसको फाइदा माओवादी केन्द्रले लिने भएको छ ।  

 

माओवादी केन्द्रबाट प्रह्लाद क्षेत्रीजस्तै रुद्र सुस्लिङ्ग मगरले पनि बागी उम्मेदवारी दिएका थिए । मगर पार्टीलाई जिताउनुपर्छ भन्दै उम्मेदवारी फिर्ता लिए भने क्षेत्रीले कायम नै राखे । 

 

क्रसर व्यवसाय गर्दै आएका क्षेत्रीले टिकट पाउने आशामा नगरभित्रका धेरै ठाउँमा आफ्नो उचाइ बनाउन पैसा खर्च गरे । तर, उनले टिकट पाएनन् । टिकट नपाएपछि उनले आफ्नो  स्वतन्त्र उम्मेद्वारी कायम राखेका छन् । 

 

यो नगरमा माओवादी र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । नेकपा एमालेबाट टेकबहादुर बलाम्पाकी नगरप्रमुखका लागि उम्मेद्वार छन् ।