close

रााष्ट्रिय जनमोर्चाका ग्रामसमिति अध्यक्षले छाडे पार्टी

रााष्ट्रिय जनमोर्चाका ग्रामसमिति अध्यक्षले छाडे पार्टी

Trulli
ADVERTISEMENT

बागलुङ । राष्ट्रिय जनमोर्चा गल्कोट नगरपालिका–११ रिघाका ग्राम समिति अध्यक्ष बलबहादुर पुनले पार्टी परित्याग गरेका छन् । 

सोमबार एक अपिल जारी गर्दै पुनले पार्टीको साधारण सदस्यसमेत नरहने पार्टी परित्याग गर्ने निर्णय गरेको जानकारी दिएका हुन् । 

 

आफू लामो समयदेखि कम्युनिस्ट आन्दोलनमा रहेको र २०४४ साल देखि राजमोनिकट विभिन्न संगठन र विगत १५ वर्षदेखि रिघा ग्राम समितिको अध्यक्ष रहेको, तर पार्टी जनअपेक्षाविपरीत कार्यमा संलग्न भएको भन्दै पार्टीबाट अलग भएको घोषणा गरेका हुन् । 

 

अपिलमा पुनले राजमोमा नरहे पनि शोषितपीडित जनताको हक अधिकार सुनिश्चितताका लागि लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।