close

माओवादीले गर्‍यो प्रदेश-१ का १४ जना बागी उम्मेदवारलाई कारबाही

माओवादीले गर्‍यो प्रदेश-१ का १४ जना बागी उम्मेदवारलाई कारबाही

Trulli
ADVERTISEMENT

काठमाडौं ।नेकपा माओवादी केन्द्रले प्रदेश१ मा आफ्नो पार्टी र गठबन्धनविरुद्ध बागी उठेका १४ उम्मेदवारलाई कारबाही गरेको छ । 

 

स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध उम्मेद्वारी दिएका उम्मेदवारलाई माओवादीले कारबाही गरेको हो । 

 

जसमध्ये प्रदेश सदस्य भीमबहादुर अधिकारी, केपी बराल र यदु ढकाललाई कारबाहीका लागि केन्द्रमा सिफारिस गरिएको छ भने साबित्रा थापा, होमबहादुर राई, कमलध्वज राई, तिलक राई, भीमबहादुर राई, दुर्गा बुर्जा मगर, रामप्रसाद बराल र सन्तोष सुवेदीलाई प्रदेश समितिले नै निलम्बन गरेको छ ।