close

पोखरा महानगरमा  स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने पाँच दलीय गठबन्धनको प्रतिबद्धता

पोखरा महानगरमा  स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने पाँच दलीय गठबन्धनको प्रतिबद्धता

Trulli
ADVERTISEMENT

पोखरा ।  पोखरा महानगरपालिकामा पाँच दलीय गठबन्धनका साझा उम्मेद्वारले महानगर स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका छन् ।

 

गठबन्धनका तर्फबाट मेयरका उम्मेद्वार बनेका धनराज आचार्य र उपमेयरकी उम्मेद्वार कोपिला रानाभाटले चुनावी घोषणापत्रमा दक्ष जनशक्तिलाई स्थानीयस्तरमा परिचालनका लागि महानगर स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने जनाएका हुन् । 

 

यस्तै, स्थानीय स्रोत साधनको अधिकतम परिचालन गरी रोजगारीका अवसर सिर्जना पाँच दलीय घोषणापत्रमा उल्लेख छ । 

 

आफूहरू निर्वाचित भएमा मानव संसाधन विकाश केन्द्र स्थापना गर्ने, रोजगारीका लागि सहजीकरण, समन्वय, सञ्जालीकरण, नवप्रवर्तन र अनलाइन रोजगारजस्ता बजार सेवा प्रदान गर्न महानगरभित्र मानव संसाधन विकाश केन्द्र स्थापना गर्ने पाँच दलीय घोषणापत्रमा उल्लेख छ । 

 

यसैगरी, रेमिट्यान्स परिचालन गरी पूर्वाधार निर्माण र उद्यमशीलता प्रर्वद्धन गर्न विप्रेषण सदुपयोग कार्यक्रम सञ्चालन गर्ने योजना पाँच दलीय गठबन्धनको छ । 

 

परम्परागत सीप र उपकरणको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा व्यवसायीकरण गर्ने साथै परियोजना धितोमा युवा व्यवसायीलाई १० लाखसम्म स्टार्ट एपका लागि ऋण लगानी गर्ने उम्मेद्वारले प्रतिबद्धता जनाएका छन् ।