close

बर्दिबास फ्लाइओभर र अन्डरपास निर्माण गर्ने दाबी

बर्दिबास फ्लाइओभर र अन्डरपास निर्माण गर्ने दाबी

Trulli
ADVERTISEMENT

 बर्दिबास ।  माओवादी केन्द्र बर्दिबास नगरपालिकाले आसन्न स्थानीय निर्वाचनको लागि घोषणापत्र सार्वजनिक गरेको छ ।

 

स्थानीय तहमा निर्वाचित भएको खण्डमा आगामी ५ वर्षसम्म गर्ने काम र प्रतिबद्धता घोषणापत्रमा समेटिएका छन् ।

 

घोषणापत्रमा युवा स्वरोजगारीलाई मुख्य प्राथमिकता दिइने तथा वार्षिक ५ सय भन्दा बढी युवालाई नगरभित्रै रोजगार सिर्जना गर्ने आज सार्वजनिक गरिएको घोषणापत्रमा उल्लेख छ ।

 

विकाशका पूर्वाधारमा समेत परिवर्तन गर्दै नगरपालिकालाई धुलाम्य सडकबाट मुक्त बनाइ वार्षिक १५ किलोमिटर सडकलाई पक्की बनाउने दाबी माओवादी केन्द्रको छ ।

 

सबै सडक घटीमा ४ मिटरको हुनुपर्ने तथा आवश्यक ठाउँमा फ्लाइओभर र अन्डरपास निर्माण गर्ने घोषणापत्रमा उल्लेख छ ।

 

नगरवासीलाई निःशुल्क उपचारको लागि व्यवस्था गर्न स्वास्थ्य बिमा योजनालाई गतिशील बनाउने, सुविधा सम्पन्न सर्पदंस उपचार केन्द्र, एक वडा एक योग ध्यान केन्द्र, विपन्न र दिर्घरोगीहरुको लागी नगर स्वास्थ्य कोष स्थापना गर्नुका साथै बर्दिबासमा १ सय शय्याको सुविधा सम्पन्न आधुनिक अस्पताल निर्माण गर्ने दाबी पनि गरिएको छ ।

 

आधिकारिक स्वामित्वको आधारमा लालपुर्जा वितरण, कृषिलाई नगरको समृद्धिको आधार बनाउनुका साथै वास्तविक किसानलाई परिचयपत्र वितरण, आधुनिक गोठ, खोर तथा पशुपालनमा २५ प्रतिशत अनुदानको व्यवस्था गरिने पनि माओवादी केन्द्रले नीति लिएको छ ।

 

खानेपानीको अभाव हुन नदिने र नगरको दीर्घकालीन खानेपानीको समस्यालाई मुक्त बनाउन मरिन खोलाको पानी ल्याउन १० प्रतिशत काम सकिसकेको पनि माओवादी केन्द्र बर्दिबासले जनाएको  छ ।

 

माओवादी केन्द्र बर्दिबासले डिजिटल बजार देखी अत्याधुनिक बजारको व्यवस्थापन गर्नेमा पनि आफ्नो नीतिलाई अगाडि सारेको छ ।