close

उम्मेद्वारमाथि सांघातिक आक्रमणपछि संयुक्त विज्ञप्ति

उम्मेद्वारमाथि सांघातिक आक्रमणपछि संयुक्त विज्ञप्ति

Trulli
ADVERTISEMENT

भोजपुर । षडानन्द नगरपालिका–१० की वडा सदस्यकी उम्मेद्वार अमिता तामाङमाथि भएको सांघातिक आक्रमणप्रति नगरका सबै राजनीतिक दलले संयुक्त विज्ञप्ति निकालेर आक्रमणको निन्दा गरेका छन् । 

 

नगरपालिका–१० की वडा महिला सदस्य उम्मेद्वार तामाङमाथि अपरिचित व्यक्तिले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएपछि  राजनीतिक दलले संयुक्त रूपमा आक्रमणको निन्दा गरेका हुन् । 

 

निर्वाचन प्रभावित पार्न कुनै अनैतिक घटना हुन नदिन आह्वान र संलग्नलाई कारबाही गर्न सो विज्ञप्तिमार्फत अपिल गरिएको छ । 

 

गएराति भोजपुरको षडानन्द नगरपालिकामा नेकपा एमालेबाट महिला सदस्यकी उम्मेद्वार अमिता तामाङमाथि अपरिचितबाट खुकुरी प्रहार भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिएको छ । 

 

प्रहरीका अनुसार तामाङको टाउकोमा गम्भीर चोट लागेको र चार टाँका लगाइएको छ । घटनामा संलग्नको खोजी गरिरहेको प्रहरीले जनाएको छ । उनको अवस्था अहिले सामान्य रहेको बताइएको छ ।