close

पैसा बाँडेको आरोपमा मुस्लिम आयोगका अध्यक्ष अन्सारी पक्राउ

पैसा बाँडेको आरोपमा मुस्लिम आयोगका अध्यक्ष अन्सारी पक्राउ

Trulli
ADVERTISEMENT

धनुषा। स्थानीय तहको चुनावमा पैसा बाँडेको आरोपमा मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी पक्राउ परेका छन् । 

 

जनकपुरधामस्थित सीताशरण होटेलबाट झोलासहित उनी पक्राउ परेका हुन् । 

 

मतदानको समय नजिकिँदै गर्दा विभिन्न ठाउँबाट उम्मेदवार र उनीहरूसँग आबद्ध नेता, कार्यकर्ता र आफन्त पक्राउ पर्ने क्रम जारी छ । 

 

पैसा बाँडेको आरोपमा प्रहरीले बिहीबारमात्रै सुर्खेतबाट एक वडाध्यक्ष पदका उम्मेद्वार पक्राउ परेका छन् । 

 

त्यस्तै, बुधबार बुटवल उपमहानगरपालिकाको सुकुम्बासी टोलमा पैसा बाँड्न गएको भनी नेकपा (एमाले) मेयर पदका उम्मेद्वारकी श्रीमतीलाई स्थानीयले नियन्त्रणमा लिएका थिए ।