close

सर्लाहीको धनकौल गाउँपालिकामा पनि हवाई फायरिङ

सर्लाहीको धनकौल गाउँपालिकामा पनि हवाई फायरिङ

Trulli
ADVERTISEMENT

काठमाडौं । सर्लाहीको धनकौल गाउँपालिकामा राजनीतिक कार्यकर्ताबीच झडप भएको छ । 

सर्लाहीको धनकौल गाउँपालिका–२ पशुसेवा मतदान स्थलमा मतदान केन्द्रको विषयलाई लिएर  कांग्रेस, नेकपा एमाले, नेकपा माओवादीका कार्यकर्ताबीच भएको झडप भएपछि हवाई फायर भएको हो ।

यसअघि सो  मतदान केन्द्र कहाँ राख्ने भनी विवाद भएको थियो । विवादकैबीच मतदान केन्द्र यहाँ राखिएको थियो । असन्तुष्ट पक्षले मतदान केन्द्रमा ढुंगा हानेपछि विवाद भएको हो ।   

विवादलाई नियन्त्रणमा लिन हावई फाइरिङसमेत गरिएको  छ । साे मतदान केन्द्रमा अझै मतदान सुरु भएको छैन ।