close

मुस्ताङको लोघेकर दामोदरकुण्डमा एमाले उम्मेदवार विजयी

मुस्ताङको लोघेकर दामोदरकुण्डमा एमाले उम्मेदवार विजयी

Trulli
ADVERTISEMENT

मुस्ताङ । लोघेकर दामोदरकुण्ड गाउँपालिकामा एमाले उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा एमालेका लोप्साङ छोम्पेल विष्ट र उपाध्यक्षमा एमालेकी छिरिङ ल्हामो गुरुङ विजयी भएका हुन् ।

 

निर्वाचन अधिकृतको कार्यालयका अनुसार विष्टले ६८९ मत पाएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धन नेकपा एकीकृत समाजवादीका देवबहादुर गुरुङले १८५ मत पाए ।

 

त्यस्तै उपाध्यक्षमा एमालेकी छिरिङ ल्हामो गुरुङले ६४१ मत लिएर विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनकी (नेपाली कांग्रेस)की लक्ष्मी गुरुङले २२५ मत प्राप्त गरेकी थिइन् ।