काठमाडौं । देशकै राजधानी रहेको काठमाडौं महानगरपालिकामा मत गणना सुरु भएको छ । मत गणनाका क्रममा नेपाली कांग्रेस र स्वतन्त्र उम्मेद्वार बालेन्द्र शाहबीच कडा प्रतिस्पर्धा देखिएको छ ।
सिंहले ६ मत ल्याउँदा शाहले ५ मत ल्याएका छन् । यस्तै नेकपा एमालेका उम्मेद्वार केशव स्थापितले ३ मत ल्याएका छन् ।
निर्वाचन आयोगले यस महानगरमा एउटा मतपत्र गणना गर्न २० मिनेट लागेको छ । निर्वाचन अधिकृतको कार्यालयले पनि एउटा मत गन्न करिब २० मिनेट लागेको बताएको छ ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार महानगरमा धेरै उम्मेद्वार भएका कारण मत गणना गर्न ढिलाइ भएको हो । यस महानगरमा मेयर पदमा ५० जनाको उम्मेद्वारी परेको छ ।