close

मोरङको रंगेलीमा एमालेका अग्रवाल पुन: निर्वाचित

मोरङको रंगेलीमा एमालेका अग्रवाल पुन: निर्वाचित

Trulli
ADVERTISEMENT

मोरङ ।  रंगेली नगरपालिकाको मेयर र उपमेयरमा एमालेका उम्मेदवार विजयी भएका छन् । 

 

पटक-पटकको विवादले मतगणना रोकिएको यो नगरमा गठबन्धनका प्रतिनिधिले गणना बहिस्कार गरे पनि मोरङ प्रशासनमा सबै दलले सहमति जनाएपछि आइतबार मतगणना सम्पन्न  भएको हो । 

 

अन्तिम मत परिणामअनुसार मेयरमा नेकपा एमालेका उम्मेदवार दिलीपकुमार अग्रवाल निर्वाचित भएका छन् । अग्रवालले काङ्ग्रेस उम्मेदवार मोदराज घिमिरेलाई पराजित गरे ।

 

अग्रवालले १२ हजार ८६१ मत ल्याउदै विजयी हुँदा कांग्रेस उम्मेदवार घिमिरेले नौ हजार ६१ मत प्राप्त गरे । २०७४ सालमा पनि अग्रवाल निर्वाचित हुँदा कांग्रेस उम्मेदवार घिमिरे दोस्रो बनेका थिए ।

 

रंगेलीको उपप्रमुखमा पनि एमाले उम्मेदवार भुमाकुमारी पराजुली निर्वाचित भइन् । उनले ११ हजार ७९० मत पाइन् ।