close

प्रिन्सिपलले आफूमाथि पटक-पटक बलात्कार गरेको भन्दै अर्को घटना सार्वजनिक

प्रिन्सिपलले आफूमाथि पटक-पटक बलात्कार गरेको भन्दै अर्को घटना सार्वजनिक

Trulli
ADVERTISEMENT

काठमाडौं ।  प्रिन्सिपलले आफूमाथि पटक–पटक जबरजस्तीकरण गरेको भन्दै अर्को तथ्य सार्वजनिक भएको छ । 

 

आइतबार बिहान पीडितको फेसबुक अकाउन्टमा बलात्कारको बेलिबिस्तार लगाइएको पोस्ट सार्वजनिक गरिएको हो ।जसमा उनले २०७२–७३ को समयमा आफूमाथि भएको हिंसाको जिकिर गरिएको छ ।

 

यसमा पीडितले आफू इटहरीको ब्लुमिङ लोटस इङ्गलिस स्कूलमा पढिरहेका बेला विद्यालयका प्रधानाध्यापकले उनीमाथि बलात्कार गरेको उल्लेख छ । उनले प्रधानाध्यापकको नाम राज खड्का भएको जानकारी दिएकी छिन् ।  
 

‘बलात्कारी काठमाडौंमा रहेको र एउटा स्कुलको प्रिन्सिपल नै भएर काम गरिरहेको सुनेको छु । न्याय पाउने आशा लिएर ७ वर्षसम्म मसँग मात्रै रहेको मेरो कथा आज सेयर गर्दै छु,' समाजिक सञ्जालमा भनिएको छ ।