close

बलात्कारलगायत जघन्य अपराध घटनाको हदम्याद हटाउन महिला सांसदको माग

बलात्कारलगायत जघन्य अपराध घटनाको हदम्याद हटाउन महिला सांसदको माग

Trulli
ADVERTISEMENT

काठमाडौं । महिला सांसदहरूले नाबालिकाहरुमाथि हुने बलात्कारलगायत जघन्य अपराध घटनामा हदम्यादसम्बन्धी कानुनी व्यवस्था तत्काल हटाउन माग गरेका छन् । 

 

प्रतिनिधिसभाका नेकपा (एमाले)की सांसद विन्दा पाण्डे, नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल, नेकपा माओवादी केन्द्रकी सांसद अमृता थापामगरलगायत सांसदले नावालिकाहरुमाथि हुने बलात्कारलगायतका जघन्य अपराधका घटनाको अनुसन्धानमा समेत हदम्याद लगाउने व्यवस्था राखिएको उल्लेख गर्दै त्यस्तो कानुनी व्यवस्था तत्काल हटाउन सरकारसँग माग गरेका हुन् ।

 

सौन्दर्य प्रतियोगितामा आफूमाथि यौन हिंसा भएको भन्दै सामाजिक सञ्जाल टिकटिकमा एक किशोरीले भिडियो सार्वजनिक गरेपछि अधिकारकर्मी आन्दोलनमा उत्रिएका छन् । 

 

आठ वर्षअघि आयोजक मनोज पाण्डेमथि जबरजस्तीकरण गरेको आरोप लागेको छ । उनलाई पक्राउ गरी कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको छ । 

 

यस्तै, यही विषयलाई लिएर काठमाडौंका विभिन्न ठाउँमा प्रदर्शनसमेत हुँदै आएका छन् ।